खाेज्नुहाेस

अछामबाट ३ जुवाडे पक्राउ

Image
navjiwan hospital

अछाम – अछामबाट ३ जना जुवाडे पक्राउ परेका छन । मंगलसैन नगरपालिका – ५ मंगलसैन बजार स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएका सोही ठाउँका ३६ वर्षीय प्रकाश भाट सहित ३ जना पक्राउ परेका हुन ।

प्रहरीका अनुसार भाटले जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले घरमा छापा हानेको थियो । जुवा खालबाट १६ हजार ४३० रुपैयाँ र १ गड्डी तास, ३ मोवाइल समेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital