खाेज्नुहाेस

सुनको मुल्य आज सम्मकै उच्च

Image
file photo

काठमाण्डौं – पाँच दिनदेखि सुनले दिनहुँ महँगो मूल्यको नयाँ– नयाँ कीर्तिमान कायम गरिरहेको छ। गएको बुधबार, बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर एक लाख ६५ हजार ६ सय निर्धारण भएको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार थियो।

attariya hospital

शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर आइतबार सुन तोलामा १ लाख ६५ हजार पुगेको थियो। शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदी आज दुई हजार ९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँ थियो। हिजो एकैदिन ९५ रुपैयाँ बढेको चाँदीको मूल्य आज २० रुपैयाँ बढेको हो।