
धनगढी – कैलालीमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भजनी नगरपालीका–७ मा कार दुुर्घटना हुँदा चालक भारतको खजुरियाका २८ वर्षीय रामकुमार र कञ्चनपुरको बेलौरी नगरपालिका–१० का २९ वर्षीय अनीलकुमार राना घाइते भएका हुन ।
भजनी नगरपालिका–७ हिक्मतपुरमा डिएल ३ सिबिएल ९२४३ नम्बरको भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।















