खाेज्नुहाेस

दार्चुलामा चरेससहित एक जना पक्राउ

Image
file photo

दार्चुला – दार्चुलामा प्रहरीले अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

मंगलबार राति महाकाली नगरपालिका–४ मोहतीबाट १३ ग्राम चरेस जस्तो देखिने कालो पदार्थसहित दुहु गाउँपालिका–४ निवासी ४३ वर्षीय राजेन्द्र सिंह कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

बरामद लागूऔषधसहित कुँवरलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।