अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविका विद्यार्थी दिनेश पाठक शिक्षा संकायमा देशभरमै उत्कृष्ट नतिजा ल्याएका छन् । उनी शैक्षिक सत्र २०८२ को कक्षा १२ को शिक्षा संकायमा ३.८१ जिपिए ल्याएर देशभरमा उत्कृष्ट नतिजा ल्याएका हुन ।

दुर्गालक्ष्मीका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तपराज ओझाले दिनेशको उत्कृष्ट नजिता आएपछि देशैभरी शिक्षा संकायको नतिजाको मुल्याङ्कन गर्दा उनी नेपाल प्रथम भएको आफूहरुले पाएको बताए । उनले शिक्षा संकायमा मुल बिषय अंग्रेजी लिएर अध्ययन गरेका थिए ।

शैक्षिक सत्र २०८२ को नतिजामा दुर्गालक्ष्मीका ४ जनाले उत्कृष्ट ३.६ देखि ४ जिपिए नतिजा ल्याएका थिए । जसमा पाठक सँगै एलिस खत्री (३.७० जिपिए), मनिष भट्ट (३.७ जिपिए) र सपना ओझाले (३.६४ जिपिए) उत्कृष्ट नतिजा ल्याएका छन् ।
शैक्षिक सत्र २०८२ को नतिजामा ३.२ देखि ३.६ जिपिए नतिजा ल्याउने ३० जना, २.८ देखि ३.२ जिपिए नतिजा ल्याउने ७८ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५५ जना र २.० देखि २.४ जिपिए ल्याउने ७ जना विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक वीर सिंह महताले बताए ।


















