काठमाडौँ- अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको र उनी आजै त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ ।

सन्दीपले अमेरिकामा आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्नेछन् । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिदेशीय शृङ्खला यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुँदैछ ।

अहिले अमेरिका र नेपालबीच तीन खेलको टी-२० शृङ्खला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेल नेपालले जितेको छ । टी–२० शृङ्खलापछि लिग-२ को खेल शुरू हुनेछ ।
यसअघि अमेरिकाले भिसा नदिएका कारण सन्दीप आईसीसी टी-२० विश्वकप अन्तर्गत अमेरिकामा भएका खेलहरूमा सहभागी भएका थिएनन् ।
















