काठमाडौँ- आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको जनाएको छ ।
चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।