खाेज्नुहाेस

डडेल्धुराको अमरगढीमा भलिबल प्रतियोगिता हुँदै

Image
Volleyball spike hand block over the net

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जनहितकारि युवा क्लव अमरगढी-१ को आयोजनामा अमरगढी नगरपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने क्लवका अध्यक्ष सुरत तमोलीले बताए ।

navjiwan hospital

तिहारको अवसर पारी कार्तिक १४ र १५ गते अमरगढी-१ को मालममा भलिबल प्रतियोगिता तथा विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम आयोजना गरिने बताइएको छ ।

attariya hospital

प्रतियोगिताको विजेता टिमले २५ हजार नगद, उपविजेताले १३ हजार र तृतीय हुने टिमले नगद ६ हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।