खाेज्नुहाेस

डडेल्धुराकी आरतीको घाँटी थिचेर हत्या गरिएको पुष्टि

Image

डडेल्धुरा- डडेल्धुराकी १४ वर्षीया आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । पोष्टमार्टम रिपोर्टमा आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

navjiwan hospital

उनले बलात्कारपछि हत्या भए/नभएको बारे पोष्टमार्टम रिपोर्टमा बलात्कार नै भनेर नलेखिएको तर प्राइभेट पार्टमा संघर्ष भने देखाइएको बताए । डिएसपी श्रेष्ठले भजाइनल स्वाब परीक्षणका लागि महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएकोले विस्तृत परीक्षणपछि थप कुरा खुल्ने बताए ।

attariya hospital

आरतीको शव २५ गते अमरगढी नगरपालिका-७ पोखरामा प्लास्टिकको बोरामा फेला परेको थियो । उनको हत्या आरोपमा सोही ठाउँका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

भण्डारीको पोखरा बजारमा पुस्तक पसल छ । भण्डारी पुस्तक तथा स्टेशनरीका सञ्चालक उनले पसलमै आरतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।