खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पुरस्कृत

Image

कैलाली- प्रहरी प्रधान कार्यालयले कार्य सम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पुरस्कृत गरेको छ । ६९औँ प्रहरी दिवस २०८१ को अवसरमा प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिमसहित लुम्बिनी प्रदेश प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयलाई पुरस्कृत गरेको हो ।

navjiwan hospital

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले प्रहरी व्याटन भनिने अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्य दक्षता मूल्यांकन कार्यनिर्देशिकाअनुसार सर्वोत्कृष्ट र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको बताए ।

attariya hospital

उनकाअनुसार लुम्बिनी पहिलो, सुदूरपश्चिम दोस्रो र कोशी प्रदेश प्रहरी कार्यालय तेस्रो नम्बरमा परेका छन् भने सुदूरपश्चिमका अन्य तीन वटा प्रहरी कार्यालय तथा चौकी पनि पुरस्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रविन्द्र केसीले प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बेलौरी, कैलालीको प्रहरी चौकी सत्ती र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेललाई पुरस्कृत गरेको बताए ।