बेलौरी – कञ्चनपुर टि-20 क्रीकेट प्रतियोगिताको पाचौं खेलमा खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर १०४ रनले बिजयी भएको छ ।
खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगरले बेलौरी नगरपालिका १० शिवनगरमा आयोजना भइरहेको क्रीकेट प्रतियोगिताको चौथो दिनको पाचौं खेलमा बेलडाडीको टिम झिलमिलालाई १०४ रनले पराजित गरेको हो ।

ट्स जितेर पहिले ब्याटिङ गरेको खप्तड इण्डोरले २० ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।

१६३ रनको लक्ष्य पाएको झिलमिलाले १६ अभोरमा आफ्नो सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो ।
खप्तड इण्डोरको तर्फबाट ब्याटिङमा ४५ रन बनाएका निराजन गौतम ‘म्यान अफ द म्याच ‘ भएका थिए ।
असोज २४ गतेदेखी कार्तिक ४ गतेसम्म सन्चालान हुने प्रतियोगितामा १६ टिम सहभागी छ्न ।
प्रतियोगिताको विजेता टिमले रु १ लाख र उपबिजेता टिमले ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ् ।त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी पाउने छ्न ।
प्रतेक खेलका म्यान अफ द म्याच हुने खेलाडीले नगद १ हजार सहित ट्रफी प्रदान गरिने छ।त्यस्तै बेस्ट ब्यटसम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने छ ।


















