धनगढी – कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–७ खरौलास्थित सुदूरपश्चिम प्रदेश ०१००२ त ६८३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१००९ प १९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–७ की २३ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको हो।

बुधबार दुर्घटनामा गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन ।

















