खाेज्नुहाेस

राष्ट्रिय सरसफाइ अभियान अन्तरगत अत्तरिया बसपार्कका शौचालयमा सरसफाइ 

Image
अत्तरिया – राष्ट्रिय सरसफाइ अभियान अन्तरगत अत्तरिया बसपार्कमा रहेको सार्वजनिक  शौचालयमा सरसफाइ गरिएको छ । नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डेय (आगो) ले असोज ९ गते जन्मदिनको अवसरमा सुरु गरेको सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान अन्तरगत अत्तरिया बसपार्कका सार्वजनिक शौचालयमा सरसफाइ गरिएको हो ।
attariya hospital
जसअन्तर्गत उनले स्थानीय युवाहरूको सहयोगमा बसपार्कको प्रतीक्षालय सँगै जोडिएको सार्वजनिक शौचालयलाई सरसफाइ सामग्री हस्तान्तरण गर्दै सरसफाइ गरेका थिए । उनले सरसफाइ अभियान अन्तरगत शौचालयका कर्मचारीलाई बाल्टिन, ब्रस, जग, हार्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत हस्तान्तरण गरेको थिए ।
उनले अभियान तेस्रो सातामा पुग्दा यसमा जोडिने मानिसहरूको संख्या बढ्दै गएकाले यसलाई ‘राष्ट्रिय सरसफाइ अभियान’ का रूपमा अगाडि बढाउने तयारी गरिरहेको बताए ।
navjiwan hospital
‘मैले जन्मदिनको अवसरमा सुरु गरेको यो अभियानलाई देशव्यापी बनाउने उद्देश्यले अगाडि बढिरहेका छौ’ उनले भने ‘अभियानमा बढी भन्दा बढी विद्यार्थीलाई जोड्ने हाम्रो अभियान हुने छ । ’
उनले विद्यालयमा अभियान गर्दा बालबालिका पनि सचेत हुने भएकाले अभियान विद्यालयमा गर्दा प्रभावकारी हुने बताए । उनले सामान्य रूपमा हेर्दा शौचालय सरसफाइको काम सामान्य लागे पनि यो गम्भीर विषय भएको बताए । ‘बसपार्कमा पैसा लिएर सञ्चालन गरिएका शौचालयमा पनि सरसफाइ गरिएको छैन’ उनले भने ‘पैसा आर्जन भइरहँदा पनि यसको सरसफाइ कसले गर्ने हो भन्ने जिम्मेवारी महसुस नगरिएकोले आफूहरूले अभियानबाट सचेत गराउने काम पनि गरेका छौ ।’
उनले आगामी दिनमा यस अभियानलाई महिनामा २ पटक गर्ने योजना बनाइरहेको बताए । उनले भने ‘हरेक हप्ता कार्यक्रम गर्न सीमित श्रोत साधनले नभ्याउने भएकाले हामीले यसलाई महिनामा २ दिन गर्ने की भनेर योजना बनाएका छौ ।’
असोज ९ गते जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिरमा रहेका सार्वजनिक शौचालयमा सरसफाइ गरेर अभियान सुरु गरेका पाण्डेयले अघिल्लो बुधवार काठमाण्डौं बसपार्कका शौचालयमा सरसफाइ गरेका थिए ।