खाेज्नुहाेस

कैलालीबाट अछाम जादै गरेको फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते

Image

अछाम – कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका –२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए ।

attariya hospital

मंगलबार साँझ भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए ।

navjiwan hospital

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर , ५ जना मध्यम र ५ जना सामान्य रहेको भण्डारीले बताए । घाइते हुनेमा अधिकाशंको अछामका रहेका छन् । डिएसपी भण्डारीका अनुसार चालक फरार रहेका छन् । थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।

गम्भीर घाइतेहरु
१. अछामको ढकारी गापा–८ की ४ वर्षीया नेहा खड्का,
२. अछामको ढकारी गापा–१२ की ५० वर्षीया पार्वती शाही,
३. दैलेखको आठबीस नपा–४ का २५ वर्षीय रिदम शाही,

मध्यम घाइतेहरु
४. अछामको मंगलसेन नपा–१४ का ३५ वर्षीय केशर सोडारी,
५. अछामको मंगलसेन नपा–१४ का ५६ वर्षीया जैसरा भण्डारी,
६. अछामको मंगलसेन नपा–१४ का ६१ वर्षीय नरबहादुर सोडारी,
७. अछामको ढकारी गापा–१४ की ३७ वर्षीया ढिक्रा सोडारी,
८. कैलाली लम्कीचुहा नपा–१२ का ४१ वर्षीया बिमा बुढा,

सामान्य घाइतेहरु
९.अछामको ढकारी गापा–१४ का ८ वर्षीय कृष्ण खड्का,
१०. अछामको ढकारी गापा–८ की ५६ वर्षीया चम्पा खड्का,
११. अछामको ढकारी गापा–१४ का १३ वर्षीय किस्मत बयक,
१२. अछामको ढकारी गापा–१२ का ४५ वर्षीय देबेन्द्र शाही र
१३. दैलेखको आठबीस नपा–५ का ५६ वर्षीय अमिक शाही ।