अत्तरिया – नेशनल लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय अत्तरिया र धनगढीमा रहेको माया मेट्रो अस्पताल बिच उपचारमा छुट सम्झौता भएको छ ।
आइतबार संस्थाका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र माया मेट्रो अस्पतालका निर्देशक डा. मोहन साँउदले सम्झौतामा हस्ताक्षर गरेका छन ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय अत्तरिया अन्तरगतका शाखा कार्यालयहरुको कर्मचारी एवम् ग्राहक सदस्यहरुलाई अस्पतालले विभिन्न ७ वटा शिर्षकहरुमा उपचारमा छुट दिने सम्झौता भएको अनुगमन अधिकृत अमरेश कुमार कुशवाहाले जानकारी दिए ।

उनका अनुसार अस्पतालले औषधी, बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटि स्क्यान, टि.एम.टि लगायतका सेवाहरुमा छुट दिनेछ । उक्त सम्झौता अवधी एक वर्षको रहेको र सो अवधीमा कम्तीमा ५ प्रतिशत देखी १५ प्रतिशत सम्म अस्पतालले छुट दिने संस्थाका अनुगमन अधिकृत कुशवाहाले बताए । उक्त सम्झौता आइतबारदेखी नै लागु भएको उनले बताए ।














