खाेज्नुहाेस

भीमदत्त राजमार्गको डडेल्धुरा-बैतडी खण्ड एकतर्फी सुचारु

Image
file photo

अत्तरिया- भीमदत्त राजमार्गको डडेल्धुरा-बैतडी जोड्ने सडकखण्ड एकतर्फी सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सो सडकखण्ड एकतर्फी सुचारु भएको जनाएको हो ।

navjiwan hospital

डडेल्धुराको अमरगढी नगरपालिका-५ निर्माण व्यवसायी संघ र वडा नम्बर ६ भालुमारेमा अवरुद्ध सडक एकतर्फी सुचारु भएको हो । डडेल्धुरा-बैतडी जोड्ने सडकखण्ड एकतर्फी सुचारु भएपनि राजमार्गका अन्य सडक भने पूर्ण रुपमा अवरुद्ध नै रहेका प्रहरीले जनाएको छ ।

attariya hospital

लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध छ । प्रहरीका अनुसार गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा पहिरो जाँदा भीमदत्त राजमार्ग अन्तर्गतको डडेल्धुरा-कैलाली सडकखण्ड अवरुद्ध छ भने आलिताल गाउँपालिका-८ सुनखोला पहिरोले बुडर-जोगबुढा भित्री सडकखण्ड र आलिताल-१ मेलखर्कमा पहिरो जाँदा डडेल्धुरा-कैलाली सडकखण्ड अवरुद्ध छ ।

त्यस्तै, गन्यापधुरा-२ रडुवामा गएको पहिरोले केआईसिंह राजमार्ग अन्तर्गतको डडेल्धुरा-डोटी सडकखण्ड अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न पनि आग्रह गरेको छ ।