खाेज्नुहाेस

असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

Image

काठमाडौँ- दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

navjiwan hospital

यो वर्ष नयाँ नोट भने नसाट्ने राष्ट्र बैंकले निर्णय गरिसकेको छ । यसवर्ष एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए ।

attariya hospital

सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।