खाेज्नुहाेस

स्वाथ्य क्षेत्रमा सहकार्यका लागि ‘भिजिवल इम्प्याक्ट’ र गोदावरी नगरपालिकाबीच छलफल

Image

अत्तरिया – युवा तथा महिलाहरूको स्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील संस्था भिजिवल इम्प्याक्टले गोदावरी नगरपालिकामा आगामी दिनमा संचालन गरिने स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता र सहकार्यका विषयमा एक छलफल गरेको छ ।

सोमबार संस्थाका प्रतिनिधिहरूले र गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी सँग छलफल गरेका हुन ।

attariya hospital

छलफलमा गोदावरी नगरपालिकाभित्र हालसम्म भएका स्वास्थ्य सम्बन्धी गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी दिनमा युवा तथा छात्राहरू लक्षित के–कस्ता नयाँ कार्यक्रमहरू संचालन गर्न सकिन्छ भन्ने विषयमा सघन संवाद भएको सन २०२५ सोसल च्याम्पियन एल.आर. ओझाले बताए ।

navjiwan hospital

सो क्रममा उनले आफ्नो कार्यकालमा स्वास्थ्य र सचेतनाका क्षेत्रमा भएका विविध उपलब्धि तथा गरिएका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

यसैगरी, संस्थाकी प्रतिनिधि पार्वती कुमारी जोशीले दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस (अत्तरिया), र लक्ष्मी माध्यमिक विद्यालयमा विभिन्न समयमा सफलतापूर्वक सम्पन्न गरिएका सचेतनामूलक कार्यक्रमहरूको बारेमा जानकारी गराएकी थिइन ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भिजिवल इम्प्याक्टले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाको स्वास्थ्य शाखाले संस्थाका सकारात्मक कार्यक्रमहरूलाई आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा संस्थाका तर्फबाट पुष्प बुढा, चरित्र बुढा, र निशान्त जोशी लगायतको सहभागिता रहेको थियो । बैठकले आगामी दिनमा गोदावरी क्षेत्रका युवा तथा विद्यार्थीहरूको स्वास्थ्य चेतनास्तर उकास्न थप प्रभावकारी ढंगले अगाडि बढ्ने साझा निष्कर्ष निकालेको छ ।