सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । नियुक्त हुने सबै काग्रेसका हुन् ।

कांग्रेस संसदीय दलको निर्णयअनुसार आज मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकासमन्त्रीमा बेलबहादुर रानामगर र सो मन्त्रालयको राज्यमन्त्रीमा मधु भारतीलाई नियुक्त गरेका हुन् ।

योसँगै बहादुर थापा, मेघराज खड्का र शिवराज भट्ट मन्त्रीबाट तथा सरस्वती खड्का र प्रकाश बम राज्यमन्त्रीबाट बिदा भएका छन् ।
नवनियुक्त मन्त्रीको शपथ केही समयमा हुनेछ ।



















