
काठमाडौँ- सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । एकैदिन एक हजार रुपैयाँले बढेर सुनको मूल्य आज तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गएको भदौ २१ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



















