डडेल्धुरा- डडेल्धुरा मेडिकल कलेजमा अब बीएस्सी नर्सिङ र पब्लिक हेल्थ पनि अध्यापन गरिने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट निर्धारण गरिसकेको छ ।

त्यस्तै, अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीका लागि भने १० सिट निर्धारण भएको छ । बिएस्सी नर्सिङ र पब्लिक हेल्थका लागि सिट निर्धारण भइसके पनि अर्थ मन्त्रालयले स्रोत सहमति दिए मात्रै अध्यापन सुरु हुने अवस्था रहेको उनले बताए ।

उनले अर्थबाट स्रोत सहमति प्राप्त गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए ।














