अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा लेजर प्रविधि TFL (Thulium Fiber Laser) बाट मिर्गौलाको पत्थरीको उपचार (RIRS) गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अत्तरिया हस्पिटलले लेजर प्रविधिबाट मिर्गौला पत्थरीको उपचार सुरु गरेको हो ।

अस्पतालका सञ्चालक डा. आनन्द पाठकले लेजर प्रविधिबाट उपचार गर्दा कुनै घाउ चिरा बिना नै उपचार गरिने, रगत नबग्ने, पीडा रहित प्रक्रियाबाट मिर्गौलालाई कुनै हानी नहुने, सबैभन्दा छिटो रिकभर हुने बताए ।
अत्तरिया हस्पिटलमा लेजर प्रविधि सञ्चालनमा आए सँगै १ महिनाका लागि विशेष छुटको साथमा PCNL कै शु;ल्कमा मिर्गौलाको पत्थरीको उपचार गराइने उनले बताए ।















