खाेज्नुहाेस

जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टर आउँदै

Image
navjiwan hospital

बैतडी- जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टर आउने भएका छन् । अस्पतालका प्रमुख डा. सुशील विकका अनुसार डडेल्धुरा अस्पतालबाट शुक्रबार सर्जरी विशेषज्ञ डाक्टर आउने भएका हुन् ।

भोलि विशेषज्ञ डाक्टरले सेवा दिने भएकाले हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, पत्थरी, दीर्घकालिन घाउ भएका बिरामीहरुलाई सेवा लिन आग्रह गरिएको छ । अप्रेशन गर्नुपर्ने बिरामीहरुको समेत उपचार हुने भएकाले बिरामीहरुलाई जिल्ला अस्पतालमा आएर सेवा लिन आग्रह गरिएको डा. विकले बताए ।

attariya hospital