खाेज्नुहाेस

बैतडीका ३ स्वास्थ्यचौकीमा अनलाइन चिकित्सकीय सेवा

Image

बैतडी- बैतडीका ३ स्वास्थ्यचौकीले अनलाइन चिकित्सकीय सेवा सेवा सुरु गरेका छन् । जिल्लाको सिगास गाउँपालिकामा रहेका गाँजरी स्वास्थ्यचौकी, शिवलिङ्ग स्वास्थ्यचौकी र थालाकाँडा स्वास्थ्यचौकीले अनलाइन चिकित्सकीय सेवा सुरु गरेका हुन् ।

navjiwan hospital

गाँजरी स्वास्थ्यचौकीका प्रमुख जनक धामीले गाउँपालिका र स्मार्ट हेल्थ ग्लोबलबीच भएको सम्झौता अनुसार अनलाइन चिकित्कसीय सेवा सुरु भएको बताए । उनले बिरामीहरुलाई अनलाइनमार्फत प्रत्यक्ष कुराकानीसहित उपचार सेवा प्रदान गर्ने गरिएको बताए ।

attariya hospital

अनलाइन सेवा अन्तर्गत चिकित्कसीय परामर्श, आवश्यक प्रेस्क्रिप्सन लगायतका सेवाहरु सञ्चालन गरिएको बताइएको छ । दुर्गम क्षेत्रका नागरिकलाई अनलाइनमार्फत प्रदान गरिने चिकित्सकीय सेवाले सहज हुने शिवलिङ्ग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरले बताए ।

गाँजरी स्वास्थ्यचौकीमार्फत ६ सय जनाले अनलाइन चिकित्सकीय सेवा लिइसकेको बताइएको छ ।