खाेज्नुहाेस

बझाङमा गोठमाथि पहिरो खस्दा ३ चौपाया मरे, एक घरमा क्षति

Image
file photo
navjiwan hospital

बझाङ- बझाङमा गोठमाथि पहिरो खस्दा ३ चौपाया मरेका छन् भने एक घरमा क्षति भएको छ । जिल्लाको तलकोट गाउँपालिका–४ पनाल्ताका गुड्डु जेठाराको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे गोठमाथि बुधबार पहिरो खस्दा ३ गोरु मरेका हुन् ।

त्यसैगरी सोही ठाउँका मिनबहादुर जेठाराको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताए ।

attariya hospital