खाेज्नुहाेस

लागू औषध सहित अछामबाट ३ जना पक्राउ

Image
file photo

अत्तरिया – लागू औषध सहित अछामबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलसेन र कमलबजारबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–५ बस्ने डोटी दिपायल सिलगढी नगरपालिका – ५ का २३ वर्षीय अरूण जंग टेलर रहेका छन ।

attariya hospital
navjiwan hospital

उनलाई बिहिबार मंगलसेन नगरपालिका–६ ठुलासैनबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरूमा कमलबजार नगरपालिका–५ कुईका घर भएका ६७ वर्षीय गोरे चलाउने र सोही नगरपालिका– ६ बिरपथ घर भएका ५९ वर्षीय कलम शाही रहेका छन् ।

बिहिबार जिल्ला प्रहरी कार्यालय अछाम र अस्थायी प्रहरी पोष्ट गैरीटाँडबाट खटिएको प्रहरीले सोही ठाउँस्थित नेत्र कोल्ड स्टोर संचालन गर्ने गोरेलाई १ सय ३२ ग्राम र तरकारी तथा खुद्रा पसल संचालन गर्ने कलमलाई १ सय १४ ग्राम चरेश जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।