
बझाङ- बझाङमा जङ्गली च्याउ खाँदा दम्पती बिरामी भएका छन् । छबिसपाथिभेरा गाउँपालिका-२ मुम्राका २३ वर्षीय लोकेश कठायत र उनकी श्रीमती १८ वर्षीया उग्रतारा कठायत जङ्गली च्याउ खाँदा बिरामी भएका हुन् ।
उग्रतारको स्वास्थ्यमा सुधार आएको र लोकेशको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । उनीहरु दुबैलाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्याल बझाङले जनाएको छ ।


















