खाेज्नुहाेस

बझाङमा उत्कृट कृषकलाई सम्मान

Image

बझाङ- बझाङमा उत्कृट कृषकलाई सम्मान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बझाङले उत्कृट कृषकलाई सम्मान गरेको हो ।

navjiwan hospital

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सुर्मा गाउँपालिका-१ का कृषक रँगी बोहरा, बित्थडचिर गाउँपालिका-१ का कलक बोहरा र जयपृथ्वी नगरपालिका-११ का सिगेँ धामीलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही १२ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

आलु जोन क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै उत्कृष्ट तीन जना किसान छनोट गरी सम्मान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बझाङका कार्यालय प्रमुख चरित्र नारायण यादवले बताए । उनले परियोजना लागु भइसकेपछि बाहिरबाट आउने आलु बन्द भएको बताए । अघिल्लो वर्ष जिल्लाबाट आलु बाहिर जिल्ला पनि पठाइएकोमा यो वर्ष खडेरीका कारण राम्रो उत्पादन लिन नसकेको बताए ।

जिल्लामा दुई ओटा जोन सञ्चालनमा छन् । जसमा आलु जोन जिल्लाका ४५ वडामा र दलहनबाली सिमी जोन जिल्लाको १८ वटा वडामा लागु छ । जस अन्तर्गत ६ सय ४० हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ भने १ सय ८० हेक्टरमा सिमी लगाइएको कृषि प्राविधिक कुम्भराज रोकायाले बताए ।