अछाम – अछाममा वेबारिसे शव फेला परेको छ । मंगलबार बिहान साँफेबगर नगरपालिका – ७ मेलसैनस्थित बुढीगंगा नदीमा बेवारिसे शव फेला परेको हो ।

शवको नाम थर, लिङ्ग पहिचान हुन नसकेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीको भनाइ छ । कङ्काल फेला परेको भन्दा माथिबाट बगेर आएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेको छ ।


















