सुदूरपश्चिमका अस्पतालमा बजेट अभाव हुँदैन : मन्त्री भाट

धनगढी – सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले सुदूरपश्चिमका अस्पतालमा बजेट अभाव नहुने बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

maya metro hospital

मन्त्री भाटले अस्पताललाई बजेट अभाव हुन नदिने र बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने दाबी गरे । यस्तै उनले महत्त्वपूर्ण कुराका रूपमा रहेको ओएनएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए ।

उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएनएम गराइछाड्ने जिकिर गरे । त्यस्तै उनले आगामी दिनमा आउन सक्ने विपद् जोखिमको पूर्व तयारीका लागि पनि प्रदेशका सबै अस्पताललाई तयारी गर्न निर्देशन दिएका छन् । जसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।

attariya hospital

सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरू सहभागी थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.