
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ९७ करोड ५ लाख ६० हजारको बजेट ल्याएको छ । नगरपालिकाले सोमबार १५ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट ल्याएको हो ।
नगर सभामा नगरप्रमुख हेमराज ओझाले नीति तथा कार्यक्रम र उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले आगामी वर्ष आन्तरिक आम्दानी ६ करोड पुगाउने लक्ष्य राखेको छ ।



















