खाेज्नुहाेस

कृष्णपुरका दुई वडामा जग्गा नापनक्सा सुरु

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ र ६ मा सोमबारदेखि जग्गा नापनक्सा कार्य सुरु गरिएको छ। नगर प्रमुख हेमराज ओझा ले नापनक्सा कार्यको उद्घाटन गर्दै अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गरिने बताए।

भूमि समस्या समाधान आयोगको समन्वयमा सुरु गरिएको नापनक्सा कार्यबाट लालपुर्जाविहीन स्थानीयलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने अपेक्षा गरिएको छ। नगरपालिकाले आवश्यक कागजातसहित नापनक्सामा सहभागी हुन स्थानीयलाई आग्रह गरेको छ। स्थानीयवासीले वर्षौँदेखिको प्रतीक्षापछि नापनक्सा सुरु भएकाले लालपुर्जा वितरणको बाटो खुलेको बताएका छन्।

attariya hospital