खाेज्नुहाेस

कैलालीमा तीन फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीका विभिन्न मितिका फैसलाअनुसार फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले साेमबार पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–१ का खडक रेश्मी मगर रहेका छन्। यस्तै, सवारी ज्यान मुद्दामै २ महिना कैद सजाय तोकिएका शुक्लाफाँटा नगरपालिका–१० का खेमराज जोशी पनि पक्राउ परेका छन्।

त्यसैगरी, लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बझाङको बित्थडचिर गाउँपालिका–२ निवासी धनबहादुर बोहरालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।