
बझाङ– बझाङको एक घरमा आगलागी भएको छ । शुक्रबार जिल्लाको बुंगल नगरपालिका-२ गिरौका सञ्जय धामीको घरमा आगलागी भएको हो ।
घर नजिकै बालेको आगो गहुँको नलमा सल्किँदा घरमा पनि आगलागी भएको स्थानीय हिक्मत धामीले बताए । आगलागीबाट घरको काठ र घरभित्र रहेका लत्ताकपडा भाँडाकुडा जलेर नष्ट भएका छन् । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको पीडित धामीले बताए ।



















