खाेज्नुहाेस

धनगढीमा फोहोर संकलनका नाममा लिईने कर हटाउन माग

Image

धनगढी – नेकपा एमाले धनगढी उपमहानगर कमिटिले फोहोर संकलनका नाममा लिदै आएको कर हटाउन माग गरेको छ ।
बिहिबार उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई ज्ञापन पत्र बुझाउदै नेकपा एमालेले फोहोर माथी लगाइएको कर हटाउन माग गरेको हो ।

navjiwan hospital

उपमहानगर कमिटिकि नव निर्वाचित अध्यक्ष अम्बिका बिष्ट मल्लले उपमहानगरले विभिन्न क्षेत्रमा कर लगाएको भएपनि फोहोरमा लगाईएको कर हटाउन माग गरिएको बताईन । ‘जनताका आधारभुत आवश्यकता भित्र पर्ने स्वास्थ्य र सरसफाई जस्तो क्षेत्रमा समेत कर लगाउनु अव्यवहारिक छ’ ज्ञापनपत्रमा भनिएको छ ‘स्वास्थ्य र सरसफाई स्थानिय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगरबासीमा दिइने सेवाबारे दायित्वबोध हुन जरुरी छ ।’

attariya hospital

नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाएपनि फोहोरको समेत कर लगाउनु अब्यवहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराएको उपमहानगर कमिटि अध्यक्ष मल्लले बताइन् ।

‘नेकपा एमाले हरेक जनताका जनजिविकाका सवालमा बिगतबाटै आवाज उठाइरहेको छ’ उनले भनिन् ‘जनताका समस्या सम्बोधन होउन, राज्यले नै जनतालाई हरेक क्षेत्रबाट मारमा पार्ने काम नगरोस, आफ्नो दायित्व राज्यले पुरा गरोस भन्ने हाम्रो माग हो ।’