बझाङ- बझाङमा कृत्रिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङले सोमबार बिहान सेती नदीमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा उनी डुबेर बेहोस भएका बताएको छ ।

लगत्तै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएका उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।


















