अत्तरिया बसपार्कमा सरसफाई, ठेला व्यवसायी सहितको सहभागिता

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बसपार्कमा सरसफाई गरेको छ । नगरपालिकाले सोमबार ठेला व्यवसायीहरु सहितलाई सहभागि गराएर सरसफाई कार्यक्रम आयोजना गरेको हो ।

maya metro hospital

अत्तरिया बसपार्कमा ठेला राखेर व्यापार गरिरहेका व्यवसायीहरुले पनि सो क्षेत्रमा फोहोर गर्ने भएकाले ठेला व्यवसायीहरुलाई समेत सहभागि गराईएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विगतका भन्दा केही फरक ढंगले सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले फोहोरको वर्गीकरण गरेर फरक फरक बोराहरुमा हालेर नगरपालिकाले सरसफाई गरेको बताए । उनले धेरै पटक सरसफाई अभियान अगाडी बढाएको पनि बताए ।

उनले सरसफाई अभियान अगाडी बढाए पनि व्यवसायीहरुलाई अझै पनि जनचेतना नभएको बताए । ‘हामीले धेरै पटक यहाँ सरसफाई अभियान सञ्चालन ग¥यौ, जसमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा समुदायको सहयोगमा हामीले कार्यक्रम अगाडी बढायौ’ उनले भने ‘तर जतिसुकै जनचेतनाको कार्यक्रमहरु दिएता पनि उहाँहरु आफ्नो जिम्मेवारीबाट पन्छिएको कारणले आज हामीहरुले उहाँहरुलाइ सहभागि गराएर सरसफाई कार्यक्रम गरेका हौ ।’ उनले व्यवसाय गरिरहेको भएपनि बसपार्क व्यवस्थीत पार्ने, सफा राख्ने सोचबाट व्यवसायीहरु टाढा रहेको बताए ।

attariya hospital

नगरपालिकामा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका कर्मचारी परमल सिँ महराले फोहोरको स्रोतमै वर्गिकरण गर्ने गरि सिकाईको रुपमा कार्यक्रम आयोजना गरिएको बताए । उनले नगरका टोलबस्तीहरुमा पनि उक्त कार्यक्रमलाइ निरन्तर रुपमा गर्दै आएको बताए । आईतबार गोदावरी पुल सेरोफेरोमा सरसफाई गरिएको बताउदै उनले अर्काे दिन स्याउले क्षेत्रमा सरसफाई गरिने बताए ।

उनले एकातिर जनचेतना मुलक कार्यक्रमका रुपमा सबैलाई सिकाउदै गएको र अर्काेतिर यसलाई अभियानको रुपमा लगिरहेको बताए । उनले उक्त कार्यक्रम एक हप्ता सम्म निरन्तर चलिरहने बताए । सरसफाई कार्यक्रममा नगरप्रमुख भट्टसहित नगरपालिकाका केही कर्मचारी, स्थानिय व्यापारी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.