महेन्द्रनगर – महेन्द्रनगर स्थित महाकाली प्रादेशीक अस्पतालले भीमदत्त नगरपालिकामा रहेको समाज कल्याण अञ्चल वाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परिक्षण एंव औषधी वितरण गरेको छ ।

शनिवार अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको तीस जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना वालवालिकाको स्वास्थ्य जाँच गरि औषधी वितरण गरेको महाकाली प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. अर्जुन भट्टले जानकारी दिए ।

त्यसैगरि महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको समेत स्वास्थ्य परिक्षण एंव औषधी वितरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको बताए ।
