कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ नवजागरण टोलका ४८ वर्षीय धर्म ओड २१ दिनदेखि बेपत्ता छन् । उनी यही जेठ ४ गते बिहान १० बजेदेखि घरबाटै बेपत्ता भएका हुन् ।

घरमा कसैलाई जानकारी नदिई निस्केका ओडलाई स्थानीयले क्याम्प चोकदेखि ट्रकमा बसेर दैजीतर्फ गइरहेको देखेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

ओडको खोजीका लागि परिवारले प्रहरीमा समेत जाहेरी दिएको छ । उनलाई कसैले देखे नजिकैको प्रहरी वा ९८१३२७७८८०, ९८१२७५२१७९ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

















