
अत्तरिया- कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ६५ वर्षका डिगरदेव भट्ट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनी जिल्ला अदालत कञ्चनपुरको फैसलाले माना चामल मुद्दामा २ हजार २२० रुपैयाँ जरिबाना ठहर भई फरार रहेका थिए । भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले हिजो उनकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत कञ्चनपुर पेश गरेको जनाएको छ ।


















