१ करोड रुपैयाँ बरामद, एक जना पक्राउ

काठमाडौँ- सशस्त्र प्रहरीले हुन्डीको आशङ्कामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

maya metro hospital

बरामद रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कारसहित चालक सुनसरीको हरिनगर गाउँपालिका–५ बस्ने अन्दाजी ३७ वर्षका ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।

डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.