अत्तरिया – कैलालीको टीकापुरमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ परेका छन । टीकापुर नगरपालिका–१ एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल युके ०६ – बीजी २९६८ चोरी भएको थियो ।

खोजतलासका क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने २० वर्षीय आकाश बिष्ट, एकतानगर बस्ने २४ वर्षीय भिम बराल र २४ वर्षीय नरेश रावल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको थयो । पक्राउ परेका व्यक्तिहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


















