खाेज्नुहाेस

टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकाको विजयी सुरुवात

Image

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा आयोजक संयुक्त राज्य अमेरिकाले विजयी सुरुवात गरेको छ ।

navjiwan hospital

आइतबार बिहान टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाई सात विकेटले हराएको हो ।

attariya hospital

अमेरिकाले टस जितेर पहिले ब्याटिङका लागि क्यानडालाई आमन्त्रण गरेको थियो । क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको थियो । क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएकोमा अमेरिकाले १७.४ ओभरमा केवल ३ विकेट गुमाएर १९७ रन बनाउँदै विजय लक्ष्य पार ग-यो ।

अमेरिकाले पहिलोपटक आईसीसी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल पनि सहभागी हुँदैछ । आईतबारदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ ।