अत्तरिया – कैलालीको अत्तरियाको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । बिहिबार यस क्षेत्रको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री मापन भएको मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।
बुधबार यस क्षेत्रको अधिकतम तापक्रम ४३.३६ डिग्री मापन गरिएको थियो ।