‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यूसिटीको साथ

डडेल्धुरा – धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यूसिटी पोलिक्लिनिक प्रालिले प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डलाई न्यूसिटी पोलिक्लिनिकले चौथो संस्करणमा पनि अवार्डलाई प्रायोजन गरेको हो ।

Karma Consultancy

अवार्डमार्फत प्रदान हुने ८ वटा विधामा सुदूरपश्चिम आइकन महिला विधालाई उक्त क्लिनिकले प्रयोजन गरेको हो । अब उक्त विधाको नाम न्यूसिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिला अवार्ड हुने भएको छ ।

citizen security services

असार ७ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

attariya hospital

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष नवराज पनेरुले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.