खाेज्नुहाेस

कैलालीमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु

Image

अत्तरिया – कैलालीमा बालबालिकाका लागि सार्वजनिक बित्तिय प्रणाली तथा बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा कंचनपुरमा रहेको निड्स नेपाल ले कार्यक्रमको आयोजना गरेको हो । युरोपियन युनियनको सहयोग र संयुक्त रास्ट्र संघिय निकायहरु आइ.एल.ओ, यु.एन.पि.ए, युनिसेफ र यु.एन वुमन द्वारा संचालित सशक्त महिला समृद्द नेपाल कार्यक्रम अन्तरगत संचालित उक्त अभिमुखिकरण कार्यक्रममा सुदुरपस्चिम प्रदेश भरिका विभिन्न पालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

attariya hospital
navjiwan hospital

दुई दिन सम्म संचालन हुने कार्यक्रममा लैंगिक हिंसाको न्युनिकरण, बालबालिकामा लगानिको आवस्यकता, बालबालिकामैत्री बित्त ब्यवस्थापन लगायतका बिसयमा छलफल हुने निड्स नेपालका संस्थागत बिकास निर्देशक बिनोद कडाराले जानकारी दिए ।

यस्तै स्थानिय नीति निर्माण प्रकृया, किशोरी सशक्तिकरण कार्यक्रम, बाल संरक्षण र बाल अधिकार लगायतका बिषयहरुमा पनि कार्यक्रम मा छलफल हुने उनले बताए । कार्यक्रम संचालनको मुख्य उदेश्य बालबालिका मैत्री स्थानिय सुशासन अवधारणा लागू गर्नु रहेको उनको भनाइ छ ।

कार्यक्रममा युनिसेफका प्रतिनिधि प्रकाश आचार्य, डि एन शर्मा, यु.एन.एफ.पि.ए का कृष्ण चौधरी, निड्स नेपालका कानिनी सल्लाहकार झंकर कुँवर, सामाजिक बिकास अमन्त्रालयकी जयन्ती गिरि, यु.एन. वुमनका प्रतिभा चौधरी र  सामजिक सुरक्षा नागरिक समाज संजालकी तारा धितालले सहजिकरण गरिरहेका छन ।