कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जमानतमा छुटे

काठमाण्डौ – नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन् । अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपराह्न छाडेको हो ।

maya metro hospital

सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ । सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीनपटक म्याद थप गरि ९ दिन थुनामा राखेको थियो ।

नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो ।

attariya hospital

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.