अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा आगलागी भएको छ । लालपुर चौराह नजिकै रहेको एउटा सटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी अन्य सटरहरुमा समेत फैलिसकेको बताउदै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको बताए ।

अहिले एउटा दमकल सहित स्थानिय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेको उनले बताए । घटनाको बारेमा विस्तृत जानकारी भने आउन बाँकी रहेको छ ।














