धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने

धनगढी – धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा ‘दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ आयोजन गर्ने भएको हो ।

maya metro hospital

महोत्सवमा बालबालिका एवम् वयस्कहरुले निर्माण गरेका बालचलचित्रहरुको प्रर्दशन तथा प्रतिष्पर्धा गराईने बताईएको छ ।
बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।

महोत्सवमा प्रदर्शन गरिने बाल चलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरूलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।

attariya hospital

महोत्सव २०८१ मा बाल चलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने संवाद, फोटो एवं बाल पुस्तक प्रदर्शनी, झाँकी, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.