बाजुरामा ७ हजार बालबालिकालाई आईपीभी खोप लगाईँदै

बाजुरा – बाजुरामा ७ हजार ३ सय १९ बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको आईपिभी खोप लगाइने भएको छ । आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बाजुरामा पनि खोप कार्यक्रम सञ्चानल गर्न लागिएको हो ।

maya metro hospital

स्वास्थ्य कार्यालय बाजुराले शनिवार आईपिभी खोप अभियान सम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने जनाइएको छ ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दका अनुसार आईपिभी खोप अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका सञ्चालन हुने छ । खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म पनि उनीहरुको पायक पर्ने खोप केन्द्रमा खोप लगाइने जनाइएको छ ।

attariya hospital

जिल्लामा तीन सय खोप केन्द्र तोकेर खोप लगाइने र, सो उमेर समूहका बालबालिकाहरु सबै विद्यालय जाने भएकाले विद्यालयमै गएर खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मी र ६ सय स्वयसेवक खटिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.